Lucky-Khabar_

नेपाल प्रहरीको प्रहरी निरीक्षक(इन्स्पेक्टर)मा भर्ना हुन उमेर बढाउने तयारी

१५ माघ,काठमाडौँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना हुन उमेर बढाउने गरी सरकारले नेपाल प्रहरी सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।

content ad p2

हाल प्रहरीको इन्स्पेक्टर भिड्न २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको हुनुपर्छ। नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा २१ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको हो।

प्रतिनिधि सभामा दर्ता भएको विधेयक पारित भई राष्ट्रिय सभामा पुग्नेछ। राष्ट्रिय सभामा पनि पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ।

असईमा १८ वर्षदेखि २५ वर्ष, जवानमा १८ देखि २३ वर्ष, कार्यालय सहयोगीमा १८ देखि २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

सीमा क्षेत्रमा तस्करी संरक्षण गरेको आरोपमा प्रहरी जवानमाथि छानबिनको माग

लक्की खबर