Lucky-Khabar_

वीरगञ्जमा शहिदहरुको शालिकमा माल्यार्पण गरि शहिद दिवस मनाएको

१६माघ,वीरगञ्ज |आज  शहिद दिवसको अवसरमा वीरगञ्जको घण्टाघर स्थित शहिदपार्कमा रहेका शहिदहरुको शालिकमा माल्यार्पण गरि शहिद दिवस मनाएको  छ ।

content ad p2

जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा वीरगञ्जको घण्टाघरदेखि उत्तरतर्फ रहेको शहिदपार्कमा राखिएको मधेस आन्दोलनका शहिदहरुको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको अध्यक्षतामा भएको कार्यक्रममा   नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले मन्तव्य व्यक्त गर्दै शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।


कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्रसिंह धामी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर