Lucky-Khabar_

महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको पर्सामा ३८ हजार बढीलाई एचपीभी खोप लगाइने

 १६माघ,बिरगंज |  महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको पर्सामा ३८ हजार बढीलाई एचपीभी खोप लगाइने भएको छ।

माघ २२ देखि सुरु भइ फागुन ६ गतेसम्म सञ्चालन हुने एचपीभी खोप अभियान २०८१ अन्तर्गत पर्सा जिल्लाका १४ वटै पालिकामा गरी ३८ हजार ५ सय ५७ जना बालिका र किशोरीहरूलाई लगाइने भएको हो। उक्त अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्ममा अध्ययनरत तथा विद्यालय नजाने १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरूलाई एचपीभी खोप लगाइनेछ भनि स्वास्थ्य कार्यालय पर्साले बताए ।

 स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण साह का अनुसार अभियानअन्तर्गत माघ २२ देखि माघ २८ गतेसम्म सञ्चालन हुने पहिलो चरणमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १६ सम्ममा,पर्सागढी र पोखरिया नगरपालिका,पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुर गाँउपालिकामा बालिका र किशोरीहरूलाई एचपीभी खोप लगाइने छ।

त्यस्तै माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने दोस्रो चरणको अभियानमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ देखि वडा नम्बर ३२ सम्म, बहुदरमाईनगरपालिका, पकाहा मैनपुर, कालिकामाई, धोबिनी, बिन्दवासिनी, छिपहरमाई र ठोरी गाँउपालिकामा लक्षित उमेर समूहका बालिका र किशोरीहरूलाई एचपीभी खोप लगाइने साहले जानकारी दिए।

उनका अनुसार पर्सा जिल्लाका १४ पालिकामध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकामा १६ हजार ९ सय ४७ जना बालिका र किशोरीहरूलाई एचपीभी खोप लगाइनेछ।

एचपीभी खोप अभियानअन्तर्गत जिल्लामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा खोप केन्द्र स्थापना गरिने उनले बताए। अभियानको अन्तिम दिन फागुन ६ गते खोप लगाउन छुटेका बालिका र किशोरीहरूका लागि जिल्लाका हरेक वडामा रहेका स्वास्थ्य संस्थामा खोपकेन्द्र स्थापना गरेर एचपीभी खोप लगाइने साहले बताए।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सर औसतमा २ हजार १ सय ६९ जना महिलामा हुँदै आएकोमा तीमध्ये १ हजार ३ सय १३ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनका मधेस प्रदेश प्रतिनिधि डाक्टर सुरेश शुक्लाले बताए। पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक औसतमा ४  जना महिलाको मृत्यु हुने गरेके जानकारी पनि उनले गराए।

शुक्लाका अनुसार गत वर्ष वीरगन्जको नारायणी अस्पतालमा सञ्चालन गरिएको खोप केन्द्रबाट १ हजार ६ सय ८० जना बालिका र किशोरीहरूले एचपीभी खोप लगाएका थिए।

वीरगन्ज-४ का वडाध्यक्ष जगत साह कानुको अध्यक्षता तथा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. साहको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साकी जनस्वासथ्य निरीक्षक  मल्लिका श्रेष्ठ, वीरगन्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका अनिल यादव, सुमनचन्द्र ठाकुर, महानगरका  वडाध्यक्षहरू,विद्यालयका प्राधनाध्यापक, शिक्षक, शिक्षिका, सञ्चारकर्मीलगायत सहभागी थिए।

content ad p2

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर