Lucky-Khabar_

प्रयागराजको महाकुम्भ मेलामा भागदौड हुदा कम्तीमा १५ को मृत्यु दर्जनौँ घाइते

१६माघ,वीरगञ्ज । उत्तर प्रदेशको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा “मौन अमावस्या”का अवसरमा गङ्गा स्नानका लागि आएका लाखौँ श्रद्धालुमध्ये भीडको अत्यधिक चापका कारण भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु र  दर्जनौँ घाइते भएका  शंखा छन् ।

मौन अमावस्या हिन्दु धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र दिनमध्ये एक मानिन्छ, जसमा लाखौँ भक्तजन पवित्र गङ्गा स्नानका लागि बिहानैदेखि सङ्गम घाटमा तीव्र भीड देखिएको  उपस्थित हुन्छन् ।।

प्रशासनले भिड नियन्त्रण गर्न प्रयास गरिरहे पनि स्नान गर्ने भक्तजनहरूको चाप निरन्तर बढ्दै जाँदा अवस्था जटिल बन्दै गयो । सुरक्षाकर्मीहरूले सार्वजनिक उद्घोषण प्रणालीबाट घाट खाली गर्न अपिल गरिरहेका थिए, तर अत्यधिक सङ्ख्यामा भक्तजनहरू एकै ठाउँमा जम्मा भएपछि भागदौड मच्चियो ।

स्थानीय अधिकारीहरूका अनुसार, भागदौडपछि १५ शवहरू अस्पतालमा ल्याइएको छ, भने कैयौँ घाइतेको उपचार जारी छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन वार्ता गरेका छन् । उनले घाइतेहरूको शीघ्र उपचार र मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । मोदीले घटनालाई गम्भीर रूपमा लिँदै राहत तथा उद्धार कार्यलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

भागदौडपछि प्रमुख साधु-सन्तहरूको अखाडाले मौन अमावस्याको ‘अमृत स्नान’ स्थगित गरेको छ । यद्यपि, सर्वसाधारण भक्तजनहरू भने घाटमा स्नान गरिरहेका छन् ।

महाकुम्भ मेलामा भीड नियन्त्रण गर्न हजारौँ सुरक्षाकर्मी, सिसिटिभी निगरानी प्रणाली र ड्रोन प्रविधि प्रयोग गरिएको छ । मेलाको क्षेत्रलाई अस्थायी रूपमा चार पाङ्ग्रे सवारीसाधन मुक्त क्षेत्र घोषणा गरिएको छ ।

यस घटनापछि प्रशासनले श्रद्धालुहरूलाई संयमित रहन आग्रह गरेको छ र घाटहरूमा भिडभाड नगर्न अपिल गरेको छ ।

महाकुम्भ मेला २०२५ जनवरी १३ देखि सुरु भई फेब्रुअरी २६ (महाशिवरात्रि) सम्म चल्नेछ । हालसम्म मेलामा १५ करोडभन्दा बढी भक्तजनले सङ्गममा स्नान गरिसकेका छन् ।

यस दर्दनाक घटनासँगै मेलाको व्यवस्थापन र सुरक्षा उपायहरू पुनः समीक्षा गर्ने आवश्यकताबारे चर्चा सुरु भएको छ ।

content ad p2

सम्बन्धित खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर

देशकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर