Lucky-Khabar_

प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको पर्सामा शान्ति सुरक्षालाई मजबुत बनाउने प्रतिबद्धता

१७माघ, वीरगञ्ज ।पर्साका प्रहरी  प्रमुख  प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले  पर्साको सुरक्षा व्यवस्थालाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो भन्दा पहिला पनि  श्रीपुरमा बसेर आफ्नो कर्तव्य निर्वाह गरिसकेको स्मरण गर्दै उनले पुनः पर्साको प्रमुख भएर फर्कँदा यहाँका चुनौतीहरूसँग आफू परिचित रहेको बताए ।

content ad p2

शुक्रबार आयोजित पत्रकार भेटघाटमा एसपी मिश्रले पर्सा जिल्ला आर्थिक तथा औद्योगिक गतिविधिको केन्द्र भएकाले यसको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिनुपर्ने बताए । “देशमा भित्रिने अधिकांश सामग्री यहीँबाट भित्रिन्छ, आर्थिक कारोबार धेरै हुन्छ । यसले पर्सालाई संवेदनशील जिल्ला बनाएको छ,” उनले भने ।

एसपी मिश्रले पर्सामा विगतमा देखिएका चन्दा आतंक, भूमिगत समूहको त्रास र आपराधिक गतिविधि निरुत्साहित भइसकेको उल्लेख गर्दै अब यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न पहल गरिने बताए । उनले राजस्व चुहावट नियन्त्रण, भन्सार चोरी निकासी रोकथाम तथा साइबर अपराध नियन्त्रणलाई प्राथमिकता दिने स्पष्ट पारे ।

मिश्रले भने, “अपराध अनलाइनबाट हुन थालेको छ । साइबर ठगीका घटनाहरू बढेका छन्, बैंकिङ कसूर, चेक बाउन्स जस्ता मुद्दा वृद्धि भएका छन् । यी सबैलाई नियमन गर्न हामी सतर्क रहनेछौं ।”

एसपी मिश्रले ग्रामिण भेगमा बढ्दो लैंगिक हिंसा, लागुऔषध कारोबार, गाँजा तस्करी रोकथामलाई विशेष प्राथमिकता दिइने बताए । विद्यालय र स्थानीय तहसँग सहकार्य गरेर समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिने उनको योजना छ ।

“यहाँका नागरिकलाई सुसूचित गर्ने र सचेत गराउने अभियानमा प्रहरीको सक्रिय भूमिका रहनेछ । अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाइनेछ,” उनले थपे ।

एसपी मिश्रले “कानुनले भनेका कुरालाई पूर्ण रूपमा कार्यान्वयन गर्नेछौं । शान्ति सुरक्षा कायम गर्न हामी पछि हट्ने छैनौं,” राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गर्ने र अनुशासन उल्लंघन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइने भने ।

उनले जिल्ला प्रहरी कार्यालय पर्सालाई जनउत्तरदायी बनाउँदै अपराधमुक्त समाज निर्माणका लागि सबैसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित खबर

चिकित्सकमाथि आक्रमण प्रकरणपछि पर्साका एसपीको काज सरुवा,नयाँ प्रहरी प्रमुख पवनकुमार भट्टराई

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर