Lucky-Khabar_

प्रयागराज महाकुम्भको मेलामा भागदौड हुदा पर्साकी एक महिला हराएकोमा खोजी गर्न आग्रह

१७माघ्. वीरगञ्ज । भारतको  प्रयागराजमा लागिरहेको महाकुम्भ मेलामा स्नानका क्रममा भएको भागदौडमा परेर पर्साकी पनि एक महिला हराएकी छन् ।

content ad p2

पोखरिया नगरपालिका – १ पर्साको बनकटवा गाउँकी ४३ वर्षीय चन्दकिशोरी देवी गिरी महाकुम्भ मेलामा बुधवार बिहानदेखि सम्पर्कविहीन भएको उनीसँगै महाकुम्भ मेला गएका छिमेकीले त्यहाँबाट फोन गरेर जानकारी गराएको वडाध्यक्ष प्रमोद गिरीले बताए  ।

चन्दकिशोरी देवीसँगै महाकुम्भमा गएका छिमेकीले बुधवार बेलुकी प्रयागराजबाटै फोन गरेर चन्दकिशोरी देवी सम्पर्कविहीन भएको जानकारी गराएको वडाध्यक्ष गिरीले बताए ।

वडाध्यक्ष गिरीका अनुसार, चन्दकिशोरी देवीसँगै गाउँका ६\७ जनाको टोली ६ दिन पहिले प्रयागराजको महाकुम्भ मेलाका लागि घरबाट प्रस्थान गरेका थिए ।

उनीसँगै गएका छिमेकीहरूले बुधवार बिहानैदेखि त्यहाँको सुरक्षाकर्मीहरूको सहयोगमा खोजी गरिरहेको भए पनि बिहीबार दिउँसोसम्म पनि उनलाई फेला पार्न नसकेको खबर आएको पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले बताए ।  उनलाई फेला पार्ने व्यक्तिले ह्वाट्सएप नम्बर ९८०६८१८९४७ मा सम्पर्क गरिदिन पनि प्रमुख चौहानले अनुरोध गरेका छन् ।

महाकुम्भ मेलामा भएको भागदौडमा सप्तरीका पनि २ जना सम्पर्कविहीन भएका छन् ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ की ६० वर्षीय सुनैनादेवी झा तिलाठी कोइलाडी–३ सकरपुराका ६५ वर्षीय बुलबुल खंग बुधवार बिहानदेखि महाकुम्भ मेला स्थलबाट हराइरहेको वडाध्यक्ष रमेश मुखियाले बताएका छन् ।

महाकुम्भ मेलामा बुधवार बिहान डेढ बजेतिर मौनी अमावास्याको स्नानको तयारी भइरहेका बेला अचानक भएको भागदौडमा परेर ३० भन्दा बढीको मृत्यु भएको र ६० भन्दा बढी श्रद्धालु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर

देशकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर