Lucky-Khabar_

वीरगञ्जको नारायणी अस्पताल भवन नबनेपछि बिरोधमा चिकित्सकहरुको सडकमा धर्ना

(रामआर्य)
१८ माघ,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको भवन निर्माणमा सरकारी वेवास्ताले गर्दा चिकित्सकहरु उपचार नै छोडेर भवन निर्माणका लागि दबाव दिन सडकमा धर्ना बसेका छन् । अस्पतालको भवन निर्माणका लागि दबाव दिन शुक्रबार नारायणी अस्पताल अगाडि चिकित्सकहरु धर्ना बसेका हुन् ।

content ad p2

नारायणी अस्पताललाई ५०० शैयाको भवन निर्माणको लागि टेण्डर आह्वान भएपनि  उक्त टेण्डरको विरुद्धमा अदालतमा मुद्दा परेपछि रोकिएको छ । ५००  शैय्याको बनाउने यसअघि सरकारले निर्णय गरेपनि भवन निर्माणमा भने कुनै चासो छैन ।

नारायणीअस्पतालका संघर्ष समितिले शुक्रबार विहान ११ बजेदेखि अस्पताल अगाडि सडकमै धर्नामा बसेका छन् । अस्पतालको भवन निर्माणको लागि टेण्डर भएपनि अहिले उक्त टेण्डरमा कानूनी उल्झन आएको र निर्माणमा ढिलाई भएकोले चिकित्कस, स्वास्थ्यकर्मी, नागरिक समाज लगायत स्थानीयहरु सहित सडकमा ओलिएको संघर्ष समितिका संयोजक डा. निरज कुमार सिंहले जानकारी दिए ।

भवन निर्माणको लागि पटक पटक आग्रह गर्दापनि निर्माण हुन नसकेपछि बाध्य भएर अस्पताल भवन निर्माणका लागि सडक नै अवरुद्ध पारेर धर्नामा बस्न बाध्य भएको संघर्ष समितिका संयोजक डा. सिंहको भनाई छ । स्वास्थ्य पूर्वाधार निर्माणका लागि पहिलो पटक चिकित्सक र स्वास्थ्यकर्मीहरु एप्रोन नै लगाएर सडक जाम गर्न बाध्य भएको संयोजक डा.सिंहले बताउनुभयो ।

अहिलेसम्म दाताहरुको सहयोगमा बाहेक कुनैपनि सरकारले नारायणी अस्पताल निर्माण गरेको छैन । १०० वर्षभन्दा लामो इतिहास बोकेको अस्पतालमा बीरगञ्जका धेरैजसो व्यापारीहरू तथा उद्योगवाणिज्य सङ्घले समय र आवश्यकता अनुसार भौतिक संरचनाहरू निर्माण गरिदिएर यो अस्पतालले यस क्षेत्रको जनतालाई आफ्नो सेवा प्रदान गर्दै आएको गौरवशाली इतिहास छ। सरकारी र विकास समिति तर्फबाट ३०० शैय्यामा सञ्चालन भईरहेको छ ।नेपालको कुनै पनि सरकार परिवर्तन भएपनि अस्पताल निर्माण गर्न सकेको अहिलेसम्म  छैन ।

आर्थिक वर्ष २०७४-७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नेपाल सरकारले प्रत्येक प्रदेशमा ५०० शैय्याको अस्पताल निर्माण गर्ने योजना अनुरूप मधेस प्रदेशको एकमात्र केन्द्रीय अस्पताल नारायणी अस्पतालको भवन अनुमानित लागत १ अर्ब ५५ करोड ५३ लाख ८४ हजार ७५ रूपैयाँमा टेन्डर प्रक्रिया अगाडि बढेर एकमात्र बोलपत्रदाता NDE/VCPl /SSNC ललितपुर पुल्चोक ले टेन्डर पाएको थियो। बोलपत्र निर्माण प्रक्रियामा पूर्णता परीक्षण गर्दा एउटा कम्पनीको राजस्व दाखिला नदेखिएपछि सहरी विकास तथा भवन निर्माण विभाग र टेन्डर कम्पनीको विवाद अदालतको न्यायिक निरुपणको प्रक्रियामा रहेको छ। अस्पतालको जीर्ण भवनले गर्दा यहाका जनताले निकै दुःख खेप्नु परेको छ ।

नारायणी अस्पतालले बारा पर्सा रौतहट सर्लाही तथा छिमेकी राष्ट्र भारतको गरिब जनताहरूको पनि आस्थाको केन्द्र रहेको झण्डै ३० लाखभन्दा बढी नेपाली जनसङ्ख्यालाई सेवा दिँदै आएको गौरवशाली इतिहास छ।

नेपालमा धेरै कुरा प्रातिका लागि नागरिक समाज तथा विभिन्न राजनीतिक दलहरूले आन्दोलन गर्ने गरेको भएपनि अस्पताल जस्तो संवेदनशील विषयलाई अहिलेसम्म पनि यस क्षेत्रका नागरिक समाज तथा राजनीतिक दलहरूले आन्दोलनको विषय नबनाएकोले यस क्षेत्रका जनता तथा स्वास्थ्यकर्मीहरू निकै दुःखी पनि भएको डा.सिंहले बताए । अहिले बाध्य भएर उनीहरु सडकमा उत्रिनु परेको आन्दोलनकारीहरुको भनाई रहेको छ ।

सम्बन्धित खबर

शिक्षा र रोजगारीको अवसर अभाव: भविष्य खोज्दै विदेशिने युवाको लर्को

लक्की खबर

देशभर मौसम खराब: भारी वर्षा र हावाहुरीको चेतावनी, सतर्क रहन आह्वान

लक्की खबर

रगत अभाव भएपछि रास्वपा पर्साद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

लक्की खबर