Lucky-Khabar_

त्रिभुवन बिधालयको ब्यवस्थापन समितीको अध्यक्षमा गोपाल केडिया दोस्रो पटक सर्वसम्मतबाट चयन

२६ माघ वीरगन्ज । आज  त्रिभुवन बिधालयको ब्यवस्थापन समितिको अध्यक्षमा गोपाल केडिया दोस्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित भएका छन । बिधालयमा शुक्रबार भएको अभिभावक भेलाले केडियाको अध्यक्षतामा सदस्यहरु प्रभादेवी मेस्तर ,सुनिता देवि पण्डित,दिपक चौरसिया,रन्जित ठाकुर,अन्नु कुमारी लगायत ६ सदस्यीय समिती चयन गरेको बिधालयका वरिष्ठ शिक्षक निरंजन सिंहए बताउनु भयो ।
वीरगन्ज महानगर शैक्षिक प्रशासन महासंघका प्रतिनिधि राजिव गिरि को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अतिथिहरु वडा सदस्य पवन शर्मा,त्रीजुद्ध बिधालयका प्रअ नवीन मिश्रा,बिधालयका प्रअ कविता फुयाल लगायत बिधालयका शिक्षक, अभिभावक, बिद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष केडियाले बिधालयमा गरिएको सुधार बिकासको कार्यको लागि सम्पुर्णले हामी माथी पुन विश्वास एवं माया गरि थप जिम्मेवारी प्रदान गर्नु भएकोमा धन्यवाद दिदै आगामी दिनहरुमा बिधालयको चौतर्फी बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

content ad p2

सम्बन्धित खबर

हरिखेतान कलेजकी अञ्जलीले नेपालभर तेस्रो, सामुदायिक क्याम्पसतर्फ प्रथम बन्दै रचिन् इतिहास

लक्की खबर

नेशनल प्याब्सन किड्स क्वेस्ट–२०८३ सम्पन्न, विद्यार्थीको सिर्जनात्मक प्रतिभा उजागर

लक्की खबर

सेस्मी स्कुल वीरगञ्ज–३ मा शिक्षक क्षमता विकास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

लक्की खबर