Lucky-Khabar_

त्रिभुवन बिधालयको ब्यवस्थापन समितीको अध्यक्षमा गोपाल केडिया दोस्रो पटक सर्वसम्मतबाट चयन

२६ माघ वीरगन्ज । आज  त्रिभुवन बिधालयको ब्यवस्थापन समितिको अध्यक्षमा गोपाल केडिया दोस्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित भएका छन । बिधालयमा शुक्रबार भएको अभिभावक भेलाले केडियाको अध्यक्षतामा सदस्यहरु प्रभादेवी मेस्तर ,सुनिता देवि पण्डित,दिपक चौरसिया,रन्जित ठाकुर,अन्नु कुमारी लगायत ६ सदस्यीय समिती चयन गरेको बिधालयका वरिष्ठ शिक्षक निरंजन सिंहए बताउनु भयो ।
वीरगन्ज महानगर शैक्षिक प्रशासन महासंघका प्रतिनिधि राजिव गिरि को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अतिथिहरु वडा सदस्य पवन शर्मा,त्रीजुद्ध बिधालयका प्रअ नवीन मिश्रा,बिधालयका प्रअ कविता फुयाल लगायत बिधालयका शिक्षक, अभिभावक, बिद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष केडियाले बिधालयमा गरिएको सुधार बिकासको कार्यको लागि सम्पुर्णले हामी माथी पुन विश्वास एवं माया गरि थप जिम्मेवारी प्रदान गर्नु भएकोमा धन्यवाद दिदै आगामी दिनहरुमा बिधालयको चौतर्फी बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

content ad p2

सम्बन्धित खबर

बौधीमाईको शंकर माविमा राहत शिक्षक नियुक्ति पारदर्शी बनाउन स्थानीयवासीको माग

लक्की खबर

PMC एकेडेमी वीरगञ्जको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

लक्की खबर

उच्च अदालतको आदेशसमेत अटेर गरेको आरोपमा प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

लक्की खबर