Lucky-Khabar_

पोखरामा ५ करोडको ढुंगा दिन्छु भन्दै साढे १३ लाख ठगी

२६ माघ.काठमाडौं। पोखरामा ५ करोड मूल्य पर्ने बहुमूल्य ढुंगा दिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले २ युवती र १ पुरुषलई पक्राउ गरेको छ।

content ad p2

पक्राउ पर्नेमा पर्वत फेवास नगरपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-१७ छोटेपाटन बस्ने ३१ वर्षीया इन्दिरा विक, ३६ वर्षीय राजन विक र खोटाङ हलेसी नगरपालिका-१ बस्ने २७ वर्षीया जुनु भन्ने लक्ष्मी राई रहेका छन्।

कास्की प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक अविनाश दिप जिसीले बताए अनुसार उनीहरूलाई पोखरा महानगरपालिका-६ कसाइडबाट बिहीबार अपराह्न पक्राउ गरिएको छ |

उनीहरूविरूद्ध पोखराकै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएपछि प्रहरीले खोजी थालेको थियो। उनीहरूलाई खोज्न गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोली खटिएको थियो।

प्रहरी निरीक्षक जिसीका अनुसार पक्राउ परेकाहरूले सुब्बालाई पाँच करोड पर्ने बहुमूल्य ढुंगा दिन्छु भनेर १३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘सो ढुंगा के कसो हो, बहुमूल्य हो वा होइन अपत्यारिलो लागेपछि शंका लागेर पीडितले जाहेरी दिएका थिए,’ जिसीले भने, ‘पक्राउ व्यक्तिहरूको साथबाट केही ढुंगा बरामद भएका छन्, तर तिनीहरू के-कस्ता हुन् खुल्न बाँकी छ।’

लेकसाइडमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरूमध्ये इन्दिरा र राजनको कोठाबाट प्रहरीले सेतो रंगको पारदर्शी ढुंगा ६ थान, रातो रंगको ढुंगा १ थान, विभिन्न बैंकका ३१ लाख बराबरका ४ थान चेक र मोबाइल ३ थान बरामद गरेको छ।

तिनै जनालाई शुक्रबार जिल्ला अदालत कास्कीबाट ठग सम्बन्धी मुद्दामा सात दिन थुनामा राख्न अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर