Lucky-Khabar_

आगलागी हुदा जिराभावानीमा ५० हजार भन्दा बढीको क्षति

२७माघ,वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका – १ पिपरा टोलमा शनिवारआगलागी हुदा जिराभावानीमा ५० हजार भन्दा बढीको क्षति भएको छ।
प्रहरीका अनुसार, आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, बर्तन र अन्य घरेलु सामग्रीहरू जलेर पनि क्षति भएको छ |

content ad p2

घटनाबारे जानकारी प्राप्त भएपछि, इलाका प्रहरी कार्यालय सेढवा र महादेवपट्टी प्रहरी चौकीका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए ।

आगो फैलिन नदिन र नियन्त्रणमा लिन स्थानीयवासी, प्रहरी चौकी महादेवपट्टी, इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका टोलीहरूले सक्रियता देखाए । संयुक्त प्रयासबाट आगो फैलिनुबाट रोकिएको र ठूलो क्षतिको अवस्था नआएको प्रहरी नायब निरीक्षक राजाराम यादवले बताए ।

प्रहरीले आगलागीको कारणको अहिलेसम्म थाहा नभएको अनुसन्धान जारी राखेको जनाएको छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर