Lucky-Khabar_

युवाहरुद्वारा सामाजिक सञ्जाल विधेयकको चौतर्फी विरोध र प्रदर्शन

२८ माघ, वीरगञ्ज ।युवाहरुद्वारा सामाजिक सञ्जाल विधेयकको चौतर्फी विरोध र प्रदर्शन भईरहेको छ ।जनकपुरमा पनि विद्येयकविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।

content ad p2

मधेस प्रदेशको राजधानी जनकपुरको रामानन्द चोकमा आइतबार साँझ मसाल जुलुससहित युवाहरूले प्रदर्शन गरेका हुन् । जुलुसमा सहभागीले सरकारको कदमविरुद्ध नाराबाजी गर्दै विधेयक फिर्ता लिनुपर्ने माग उठाएका छन् ।

विधेयकको विरोधमा काठमाडौंमा पनि आइतबार दिउँसो अनलाइन टीभी पत्रकार सङ्घले प्रदर्शन गरेको थियो ।


अखिल क्रान्तिकारी राजर्षी जनक विश्वविद्यालय, रारा बहुमुखी क्याम्पस र धनुषा जिल्ला समितिको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो । जुलुसमा सहभागीले विधेयकका हरेक बुँदामा सजाय र जरिवानाको व्यवस्था रहेकाले यसले नागरिक स्वतन्त्रताको हनन गर्ने बताए ।

उनीहरूले सूचना तथा सञ्चारप्रवधिमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नाराबाजी गर्दै विधेयक फिर्ता लिन आग्रह गरेका छन् । उनीहरूले यो विधेयकले सामाजिक सञ्जालमा नागरिकहरूको स्वतन्त्रतालाई सीमित गर्ने र सरकारले आफ्ना विरोधीलाई दमन गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्ने बताएका छन् ।

उनीहरूले यो विधेयक लोकतन्त्र र मानवअधिकारविरोधी रहेको बताउँदै यसको विरोधमा आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् ।

सम्बन्धित खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर