२८माघ, वीरगञ्ज ।बालक अपहरणमा एक भियतनामी नागरिक ललितपुरबाट ४ वर्षीय बालक अपहरण गरी बन्धक बनाएर वीरगञ्जको बाटो हुँदै भारत लिएर जान खोजिरहेको आरोपमा पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिको परिचय भियतनामको चाइवाङ सहरका माइ होआङ किन्ह लउनका रूपमा खुलेको छ ।
लउनले बालकलाई ललितपुरको मंगलबजार क्षेत्रबाट अपहरण गरेका थिए । बिहीबार साँझ बालकको आमाले आफ्नो छोरा हराएको भन्दै उजुरी दिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले खोजी कार्य सुरु गरेको थियो भनि प्रहरीले बताएको छ ।


