Lucky-Khabar_

ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशी पुर्पक्षका लागि जेल चलान

२९ माघ, काठमाडौँ । गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमारूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

content ad p2

अदालतमा उपस्थित हिजो भएका जोशीलाई न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार थप प्रमाण पछि बुझ्दै गए अनुसार हुनेछ ।

जोशी पोखराको सूर्यदर्शन सहकारी ठगीमा यसअघि ८८ लाख रुपैयाँ र काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध चितवनको साहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको छ ।

सुप्रिम सहकारी ठगीमा मुद्दामा रवी लामिछानेलाई न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले धरौटीमा छोड्ने आदेश गरेको थियो । अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

सुप्रिम सहकारी ठगीमा लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग दर्ता गरेपछि लामिछाने र जोशी अदालतमा उपस्थित भएका हुन् । अन्य प्रतिवादी अझै फरार छन् । पूरक अभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ ।

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर