Lucky-Khabar_

भारतीय एक पुरुषको शव ठोरीमा शङ्कास्पद अवस्थामा फेला

२८ माघ,वीरगञ्ज ।भारतीय एक पुरुषको शव पर्साको ठोरी गाउँपालिकामा शङ्कास्पद अवस्थामा फेला परेको छ ।

content ad p2

ठोरी गाउँपालिका – ४ बाघमोर्चा पुल नजिकै भारतीय पुरुषको शव शङ्कास्पद अवस्थामा भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) रञ्जित लामाका अनुसार, मृतकको पहिचान भारतको पश्चिमी चम्पारणका ५१ वर्षीय राजदेव माझीको रूपमा भएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई मुचुल्का गरेर पोस्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको इन्स्पेक्टर लामाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकोजनाएको छ ।

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर