१९फागुन,रौतहट ।नेपाली काङ्ग्रेस रौतहट क्षेत्र न २ मा आगामी स्थानीय चुनाव ८४को लागि भित्रैभित्र मेयरको टिकटमा ठुलो गुटबंदीको चलखेल हुन् थालेको छ |

राजपुर नगरपालिकाको २ कार्यकाल निर्वाचित विकाश प्रेमी युवा नेता मो.शेख वकील विगत केही दिन देखी केंद्रमा गगन थापा र शेखर कोइराला संग निरंतर भेटघाटमा छन। आन्तरिक श्रोत का अनुसार पूर्व मंत्रीका छोराहरुले कुनै १ पद,नगर प्रमुख वा प्रतिनिधि सभा मध्य १ छनौट गर्नु पर्ने बताऊछन।

त्यस्तै आउने ८४ को चुनावमा क्षेत्र न.२ परोहा नगरपालिकामा नेपाली कांग्रेसको टिकटको दौड़मा परोहा नगरपालिका को नगर प्रमुख पद को टिकटमा, पार्टीको पहिलो प्रस्ताव कांग्रेस जिला सचिव राम चंद्र गिरी रहेका छन भने जानकारी प्राप्त भएको छ |
सोहि दौड़मा परोहा २ निवासी शेख एजाजूर रहमान(उर्फ शेख कबीर) र परोहा १ निवासी तथा तरुण दल का जिला सभापति मो.नौशाद आलम पनी छन। साथै यही दौड़ मा परोहा ४ निवासी इंजीनियर दीपेंद्र यादव पनी छन।



