Lucky-Khabar_

माइक्रो बस मनकामनाबाट फर्कंदै गरेको दुर्घटना हुदा १ जनाको मृत्यु, १४ घाइते

१९ फागुन,काठमाडौं । गोरखामा माइक्रो बस मनकामनाबाट फर्कंदै गरेको दुर्घटना हुदा १ जनाको मृत्यु १४ घाइतेभएको छ ।

content ad p2


गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा अनटेस्ट ईभी माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर