Lucky-Khabar_

लालबाबु शेखको नेतृत्वमा वीरगन्जका प्रेस चौतारी नेपाल मधेस प्रदेश चयन

२७ फागुन, वीरगञ्ज । वीरगन्जका पत्रकार लालबाबु शेखको अध्यक्षतामा प्रेस चौतारी नेपाल मधेस प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ । सोमबार रौतहटको चन्द्रपुरमा सम्पन्न दोश्रो अधिवेशनले शेखको अध्यक्षतामा ३१ सदस्य प्रदेश समिति सर्वसम्मत चयन गरेको हो ।

content ad p2

शेख प्रेस काउन्सिल नेपालका हाल सदस्य पनि हुन् । समितिको उपाध्यक्षमा गौतम श्रेष्ठ, महिला उपाध्यक्षमा भवानी सुवेदी, महासचिव दिवाकर भण्डारी, कोषाध्यक्षमा जितेन्द्र शाह, सचिवहरू ग्यासु मिया देवान जीवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो, श्याम कुशवाहा चयन भएका छन् ।

सदस्यहरु पिन्टू यादव, गणेश प्रसाद खरेल, अमृता सिंह, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आशिक अंसारी चयन भएका छन् ।

त्यस्तै सुरेश प्रसाद आचार्य, संगिता शिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतो पनि सदस्यमा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

यसअघि अधिवेशनको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उदघाटन गरेका थिए ।

सम्बन्धित खबर

तिलोत्तमा नगरपालिकाको महत्वपूर्ण निर्णय: भूमिहीन र अव्यवस्थित बसोबासीको बस्ती नहटाउने घोषणा

लक्की खबर

उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना: सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह

लक्की खबर

कर्मचारीलाई राजनीति नगर्न सरकारको कडा निर्देशन: ‘उल्लंघन गरे तत्काल जागिर जाने’

लक्की खबर