Lucky-Khabar_

कांग्रेस नेता शेखर कोइरालाद्वारा पार्टीको सुदूरपश्चिम प्रदेश सम्मेलनमा अनुपस्थित

२६ फागुन,कैलाली ।कांग्रेस नेता शेखर कोइरालाद्वारा पार्टीको सुदूरपश्चिम प्रदेश सम्मेलन अनुपस्थित रहेको छ| नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा उत्साहपूर्वक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको यस सम्मेलनमा पार्टीका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहेको छ।

content ad p2

उक्त सम्मेलनमा सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेताहरू डा. शशाङ्क कोइराला, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, वीरबहादुर बलायर, डिना उपाध्याय लगायतका नेताहरूले सम्मेलनमा आफ्नो उपस्थिति जनाएका छन्।


१४औं महाधिवेशनमा सभापति देउवासँग प्रतिस्पर्धा गरेका र आगामी महाधिवेशनमा पनि सभापतिको दाबेदार मानिएका नेता शेखर कोइराला भने सम्मेलनमा अनुपस्थित रहे। यस विषयमा प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिँदै कोइरालालाई निम्तो दिइएको र फोनमार्फत पनि खबर गरिएको भए तापनि उनी उपस्थित नभएको बताए। उनले कोइराला किन अनुपस्थित भए भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए।

कोइराला पछिल्लो समय पार्टीका भेला र सम्मेलनहरूमा कमै मात्र उपस्थित हुने गरेका छन्। यसअघि पोखरा र लुम्बिनीमा भएका प्रशिक्षण कार्यक्रमहरूमा पनि उनी सहभागी भएका थिएनन्।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर