२६ फागुन,वीरगञ्ज । अबैध रुपमा लगाएको अफिम खेती बारा प्रहरीले नष्ट गरेको छ । बारा जिल्लाको आदर्शकोतवाल गाउपालिका वडा नं.– ५ मा टेडाकट्टी स्थित खेतबारीहरूमा लुकाई छिपाई लगाएको अफिम खेती नष्ट गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारागढी, बाराबाट प्र।नि ध्रुवनारायण श्रेष्ठ र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्श जयनगरबाट प्रहरी नायव निरीक्षक तुलसी राज पोखरेल समेतको कमाण्डमा खटिएको संयुक्त टोलीले बिभिन्न ८ ठाँउ गरी ३ कट्ठामा लगाएको तीस हजार बोट अफिमको बोट फडानी गरी नष्ट गरेको छ ।



