Lucky-Khabar_

पर्सा प्रहरीको होली मर्यादित र सुरक्षित रूपमा मनाउन अनुरोध

२६फागुन,बिरगंज |जिल्ला प्रहरी कार्यालय पर्साले फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित र सुरक्षित रूपमा मनाउन आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। प्रहरी कार्यालयले सूचना जारी गर्दै होलीमा असामाजिक क्रियाकलाप नगर्न, कसैको इच्छाविपरीत रङ, लोला, मोबिल, मोसो वा केमिकल प्रयोग नगर्न तथा धार्मिक-साम्प्रदायिक सद्भाव खलल पार्ने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।

content ad p2

प्रहरीका अनुसार होली पर्वमा केवल आफन्तजन तथा परिचितहरूसँग मात्र रङ खेल्न र अपरिचित समूहसँग होली नखेल्न सल्लाह दिइएको छ। आँखामा असर गर्ने हानिकारक केमिकलयुक्त रङ प्रयोग नगर्न, महँगा गरगहना लगाएर भिडभाडयुक्त क्षेत्रमा नजान तथा अपरिचित व्यक्तिले दिएको खानेकुरा नस्वीकार्न अनुरोध गरिएको छ।

ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, महिला, बालबालिका, जेष्ठ नागरिक र अशक्त व्यक्तिहरूप्रति कुनै पनि दुर्व्यवहार नगर्न विशेष आग्रह गरिएको छ। रेलिङ नभएका छत वा सडकमा होली नखेल्न तथा भिडभाडमा पकेटमारी वा लुटपाट जस्ता घटनाबाट सतर्क रहन प्रहरीले अनुरोध गरेको छ।

यदि कुनै पनि अवाञ्छित वा आपराधिक गतिविधि देखिएमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नियन्त्रण कक्ष १००, ९८५५०९०१३६, ९८५५०२८२८५ वा ९८५५०२८२८७ मा सम्पर्क गर्न आग्रह गरिएको छ। नियम उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही गरिने प्रहरी कार्यालयले चेतावनी दिएको छ।

सम्बन्धित खबर

व्यापारिक घरानाबाट ‘भू–माफिया’ छवितर्फ केडिया ? अर्बौंको सरकारी तथा निजी सम्पत्तिमाथि दाबी, प्रतिष्ठा जोगाउने कि विवादमा डुब्ने ?

लक्की खबर

लिपुलेक मार्ग नयाँ होइन, सन् १९५४ देखि नै सञ्चालनमा छ : भारत

लक्की खबर

अन्धविश्वासको पराकाष्ठा: बोक्सीको आरोपमा महिलामाथि हुने हिंसा अझै बढ्दो

लक्की खबर