Lucky-Khabar_

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

 
काठमाडौं । नेपालको कृषि क्षेत्रलाई परम्परागत अभ्यासबाट आधुनिक, व्यावसायिक, यान्त्रीकरण तथा प्रतिस्पर्धी प्रणालीतर्फ रूपान्तरण गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/८३ को भौतिक तथा वित्तीय प्रगतिको राष्ट्रिय समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा देशभरका ४८ वटा कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। समीक्षा कार्यक्रममा आर्थिक वर्षभरि भएका भौतिक तथा वित्तीय प्रगतिको समीक्षा गर्दै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौती, उपलब्धि र आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक चौधरीले कृषि क्षेत्रको आधुनिकीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै उत्पादन वृद्धि, यान्त्रीकरण, बजार व्यवस्थापन तथा किसानको आय वृद्धि गर्ने कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले कृषि क्षेत्रमा प्रविधिको प्रयोग, व्यावसायिक खेतीको विस्तार तथा तीन तहका सरकारबीच प्रभावकारी समन्वयमार्फत कृषि क्षेत्रलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई अझ प्रभावकारी, परिणाममुखी र किसानमैत्री बनाउन सुझावसमेत दिएका थिए।

content ad p2

सम्बन्धित खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर

दाह्रा काटिएपछि ‘ध्रुवे’ को गतिविधि निकुञ्जभित्रै सीमित, उच्च सतर्कतामा प्रशासन

लक्की खबर