Lucky-Khabar_

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

वीरगञ्ज | जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक सचेतनामूलक अभियान सञ्चालन गरेको छ।

content ad p2

अभियानअन्तर्गत प्रतिमाचोक, मुर्ली, गण्डक, परवानीपुर लगायतका क्षेत्रमा तथा विशेषगरी मिलनचोक, बहुअर्वा र ठोरीजस्ता ग्रामीण बस्तीलाई प्राथमिकतामा राखेर दुई पाङ्ग्रे सवारी चालकसँग प्रत्यक्ष संवाद गरिएको हो।

कार्यक्रमका क्रममा ट्राफिक प्रहरीले हेल्मेटको अनिवार्य प्रयोग गर्न, मोटरसाइकलमा तीन जना वा सोभन्दा बढी सवार नगर्न, मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) गरेर सवारी नचलाउन, तीव्र गतिमा सवारी नहाक्न, आवश्यक सवारीसम्बन्धी कागजात साथमा राख्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार  प्रत्येक चालकसँग करिब दुई मिनेटको संवादमार्फत सुरक्षित यात्रा, जिम्मेवार चालकको भूमिका तथा सडक दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी प्रदान गरिएको छ।

कार्यालयले यस्ता सचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानमा निरन्तर सञ्चालन गर्दै सडक सुरक्षाप्रति नागरिकको सचेतना बढाउने कार्य निरन्तर राखिने भनि  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्र.नि.जितेन्द्र श्रेष्ठले बताएको  छ।

सम्बन्धित खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर

दाह्रा काटिएपछि ‘ध्रुवे’ को गतिविधि निकुञ्जभित्रै सीमित, उच्च सतर्कतामा प्रशासन

लक्की खबर

पचरौता नगरपालिकामा विद्यालयका लेखापालले शिक्षा शाखा सम्हालेको आरोप, प्रशासनिक प्रणालीमाथि प्रश्न

लक्की खबर