२७फागुन,गौर | रौतहट परोहा नगरपालिका नरकटियामा मारपिट हुदा टाउको फुटाफुट भएको छ |

गत फागुन २५ गते देखि परोहा नगरपालिका नरकटिया वडा न. ८ स्थित ब्रहाम्स्थानको प्राङ्गनमा महाबिष्णु जग शुरु भएको थियो |
सोहि जगलाई लिएर आज मंगलवार बिहान दुई पक्ष बीच सामान्य झगडा भई एक आपसमा मिलापत्र भई सकेको थियो |फेरी एक पक्षको महिलाले अर्को पक्षलाई सडकमा निस्की नानाथरी गालिबेईजति गरि होहल्ला गर्न थाल्यो |
होहल्ला र गालि बेईजती सुनेर घाइते पक्ष सोहि ठाउ बस्ने प्रिन्स गिरीको भाई पर्ने छोटु गिरीले भएको झगडा मिलिसक्यो, “अब गालि बेईजती होहल्ला नगर्नु” सम्झाउन लाग्दा एकासी स्थानीय पुर्व शसत्र प्रहरी नायब उपरीक्षक(Dsp)राम प्रवेश आर्यको छोरा राहुल पटेलले लगाउने पाइन्टको बेल्टले छोटु गिरीको टाउका हानि टाउको फुटाएको एक प्रत्यक्ष देख्नेले जानकारी दिएको छ |
घाईतेलाई एम्बुलेंसबाट गौर जिल्ला अस्पताल उपचारको लागि पठाईएको प्रहरीले बताएको छ |
जगमा पहिला पनि भोजलाई लिएर मारपिट( चापलाचापली) भएको थियो जुन साम्य भई मिलापत्र भएको थियो भने स्थानीयले बताएको छ |




