Lucky-Khabar_

प्रचण्ड सहितको टोली जागरण अभियानका लागि आज बारा आउदै

६ चैत, वीरगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड सहितको टोली जागरण अभियानका लागि आज बारा आउदैछ | माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान बिहीबारदेखि सुरू हुने भएको छ।

माओवादी केन्द्रका प्रवक्ता उपाध्यक्ष अग्नी सापकोटाले जनै अनुसार फागुन १२ गतेदेखि झापाको कचनकबलबाट सुरू भएको अभियान रोतहटमा आईपुगेपछि २५ गतेदेखि स्थगित भएको थियो। स्थगित भएको अभियान बिहीबारदेखि सुरू गर्न लागिएको छ |

content ad p2


अभियानका लागि माओवादी अध्यक्ष प्रचण्ड सहितका शीर्ष नेताहरु बुधबार सिमरा आईपुग्नेछन् । कनचनकलबाट रौतहटसम्म सम्पन्न गरेर बारा पुगेर स्थगित भएको अभियान भोलिदेखि बाराबाटै सुरू हुने उनले बताए।

त्यस्तै बारा पछी चैत ७ र ८ गते पर्सामा वाई.सी.एल. जिल्ला ईन्चार्ज  सन्तोष पटेलले गणतन्त्रवादी नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानको लागि पर्सा जिल्लामा हार्दिक स्वागत गर्न पार्टीका नेता तथा पर्सा बासिहरुमा अनुरोध गरेको छ भनि पटेलले जानकारी दिएको छ |

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाटै बारा आउने नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव एवं मधेस प्रदेश इञ्चार्ज मातृका प्रसाद यादवले जानकारी दिए । ‘काठमाडौंमा भएका नेताहरू पनि बेलुकीसम्म बारा पुग्ने र भोलिदेखि अभियान सुरू गर्ने तयारी छ ।’ प्रवत्ता अग्नी सापकोटाले भने।

सम्बन्धित खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर