Lucky-Khabar_

वडा अध्यक्ष गुप्ताविरुद्ध डाँका,अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्धा दता

५ चैत,वीरगञ्ज ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरका वडाध्यक्ष सुनील गुप्तालाई बारा प्रहरीले हिरासतमा लिएर डाँका, अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराएको छ । प्रहरीले चैत्र ३ गते साँझ पक्राउ गरी बारा जिल्ला अदालतबाट प्रहरीले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट अनुमती लिएको हो ।

चैत्र १ गते होलीका दिन राती जीतपुरसिमरा ७ मा रहेको परशुराम गिरीको घरमा जवर्जस्ती प्रवेश गरि कुटपिट तथा गाली गलौज तथा ज्यान मार्ने प्रयास गरेको आरोप गुप्तामाथी लागेको छ । उनीमाथि डाँका ,अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बाराले मुद्धा चलाईएको बारा प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिए ।

content ad p2


त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं.७ को कार्यालयलाई आवश्यक ब्यवस्थापनकोलागि पत्र लेखेको छ । । चैत्र १ गते राती साढे नौ बजेको समयमा वडाध्यक्ष गुप्ता सहितको एउटा समुह गिरीको घरमा प्रवेश गरी केही व्यक्तिलाई कुटपिट गरेको सिसिटिभी भिडियो बाहिरीएको थियो । सो क्रममा घरधनी परशुराम गिरीले हवाई फायर समेत गरेपछि सो घटनाले उग्ररुप लिएको हो ।

गिरीले आफ्ना छोरा तथा नातीमाथी वडाध्यक्ष सहितको समुहले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेकाले बाध्य भएर हवाई फायर गर्नुपरेको बताएका छन् । शुरुमा जिल्ला प्रशासन कार्यालयले दुबैपक्षलाई राखेर घटना मिलाउने प्रयास गरेपनि सहमती हुन नसकेपछि आइतबार बारा प्रहरीले वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर