Lucky-Khabar_

२५ करोड मुद्रा राजश्व छली गरी बोकेर जाँदै गरेको ट्रक प्रहरीबाट पक्राउ

५ चैत,काठमाडौं,२५ करोड विभिन्न देशका मुद्रा राजश्व छली गरी बोकेर जाँदै गरेको ट्रकसहित अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

content ad p2

मंगलवार चैत्र ४ गते राति ११ बजे काठमाडौंका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना.७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिव २५ करोड रुपैयाँ बरामद गरेको हो।

अमेरिकी डलर, युरो लगायतको मुद्राहरू रहेको प्रहरीले बताएको छ। मंगलवार पत्रकार सम्मेलन थरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

विशेष सुराकीको आधारमा रसुवातर्फ जाँदै गरेका बेलामा ट्रक नियन्त्रणमा लिइएको बताए। पक्राउ पर्नेमा ट्रकका चालक जिल्ला सिन्चधुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर १ का फुच्चे भन्ने कुसाङ लामा रहेका छन्। खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाई छिपाई ल्याएको अमेरिकी डलर र युरो भेटिएको प्रहरीले बताएको छ।

बरामद रकममा अमेरिकी डलर १ सय दरका नोटहरू ३ हजार १ सय १९, अमेरिकी डलर ५० दरका नोटहरू १७९, युरो ५ सय दरका थान ११, युरो २ सय दरका थान, ४८०, युरो सय दरका थान ४ हजार १४८, युरो ५० दरका थान १७ हजार १७७ र मोबाइल २ थान बरामद भएको बताए।

४३ वर्षका लामा पहिला पनि एक पटक पक्राउ परी जेल चलान भइसकेको व्यक्ति भएको बताए। अवैध सुन तस्करको आरोपमा यसअगाडि ५ वर्ष जेल बसेका उनी निस्किएपछि आमाको नामबाट ट्रक निकालेका थिए।

उक्त रकम कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको बस्नेतले बताए। उनले भने, ‘उनले अमुक व्यक्तिको नाम बताएका छन्। थप अनुसन्धान भईरहेको छ ।‘

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर