५ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराममा स्ववियु निर्वाचन १६ वर्षपछि भएको शान्तिपूर्ण तरिकाले सम्पन्न ४० प्रतिशत मत खसेको छ ।

जम्मा कुल मतदाता १० हजार ७२९ मध्ये ४० प्रतिशत अर्थात् ४ हजार २९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले बताए ।
निर्वाचनको क्रममा केही सानातिना विवाद देखिए पनि स्थिति नियन्त्रणमा रहेको र मतदान प्रक्रिया प्रभावित नभएको उनले जानकारी दिए ।
२०६३ सालमा भएको स्ववियु निर्वाचनबाट चुनिएका पदाधिकारी र सदस्यहरूको कार्यकाल २०६५ मा सकिएयता ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । मंगलबार बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म चलेको मतदान प्रक्रिया निर्धारित समयमा बिहान ८ बजे सुरु हुने भनिए पनि तयारीमा ढिलाइका कारण दुई घण्टा ढिलो भएको थियो ।
राति १० बजेदेखि मतगणना भने सुरु गर्ने निर्णय सुरक्षा निकायका प्रमुख र सभापतिका १४ उम्मेदवारहरूको सहमतिमा गरिएको छ ।



