Lucky-Khabar_

दीपक थापा नेपाल प्रहरीको नयाँ आईजीमा नियुक्त हुँदै

४ चैत्र,काठमाडौं |प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक (आईजी)मा नियुक्त हुने निश्चित भएको छ ।

content ad p2

थापा प्रहरी महानिरीक्षक बन्ने लाइनमा रहेका अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै प्रहरी प्रमुख बन्ने निश्चित भएको हो ।


महानिरीक्षक वसन्त बहादुर कुँवर अवकाशमा जाने भएपछि सोमबारदेखि प्रहरी महानिरीक्षक पद रिक्त हुँदैछ । सोमबार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गर्दैछ ।

एआईजीमध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा थापालाई आईजीमा नियुक्त गर्न लागिएको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रहरीको महानिरीक्षक नियुक्त गर्छ ।

मन्त्रिपरिषद्को बैठकले मेरिट लिस्टका आधारमा आईजीपी नियुक्त गर्नेछ । जसमा थापाको नै सम्भावना छ । थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि महानिरीक्षकको प्रतिस्पर्धामा छन् । पहिलो नम्बरमा रहेका थापा फिल्ड कमान्डमा अनुभवी मानिन्छन् ।

एआईजीमध्ये थापा वरिष्ठतम् हुन् वहा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख छन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ ।

आईजीपी कुँवरसहित ५ एआईजी र ३ डीआईजी सोमबारदेखि अवकाश पाएका छन् ।

३० वर्षे सेवा अवधि प्रहरीमा रहेकोको कारण आईजीपीसहित अन्य ९ प्रहरी अधिकारी सेवानिवृत्त भएका हुन् ।

आईजीपी कुँवरसँगैै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाश हुने भएका हुन् । वहाहरूकै ब्याची डीआईजीहरू गणेश चन्द, भोला रावल र धुवराज राउत पनि सोमबारदेखि अवकाशमा गएका हुन् ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

चिकित्सकमाथि आक्रमण प्रकरणपछि पर्साका एसपीको काज सरुवा,नयाँ प्रहरी प्रमुख पवनकुमार भट्टराई

लक्की खबर

मन्त्रालय पुनर्संरचना: भूमि व्यवस्था मन्त्रालयमा ३८ प्रतिशत दरबन्दी कटौती

लक्की खबर