Lucky-Khabar_

१०३ केजी गाँजासहित सशस्त्र प्रहरीद्वारा ट्रक नियन्त्रणमा

७ चैत,वीरगञ्ज । बारामा १०३ केजी गाँजासहित एउटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

content ad p2

गएराति सशस्त्र प्रहरी बल नेपालले करिब १०३ किलो गाँजासहित ना ८ ख ९०२७ नम्बरको ट्रकपचरौता नगरपालिका–३ रामनगरबाट नियन्त्रणमा लिएको हो ।

बाराको रामनगरबाट कोटवालीतर्फ जाँदै गरेको ट्रकलाई विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा चालक बस्ने सिटको वर्नरभित्र र ट्रकको हुडमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारेको हो ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए अनुसार बरामद गाँजा तथा ट्रक आवश्यक अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर