Lucky-Khabar_

कांग्रेसको झन्डा ओढाएर वरिष्ठ पत्रकार बस्नेतको पार्थिव शरीरमा दिइयो अन्तिम श्रद्धाञ्जली

९ चैत,काठमाडौं । कांग्रेसको झन्डा ओढाएर वरिष्ठ पत्रकार बस्नेतको पार्थिव शरीरमा दिइयो अन्तिम श्रद्धाञ्जली भयो |पत्रकार बस्नेतको ७९ वर्षको उमेरमा हृदयाघातका कारण आज बिहान काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो।

content ad p2

गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिको पूर्वअध्यक्षसमेत रहेका बस्नेतप्रति कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताहरूले श्रद्धाञ्जली दिएका छन्। शनिबार कांग्रेस पूर्वमहामन्त्री सिंह, उपसभापति धनराज गुरुङसहितका नेताले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएका हुन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो।

उनको अन्त्येष्टि शनिबार दिउँसो नै पशुपतिस्थित आर्यघाटमा गरिने भएको छ। बस्नेतका श्रीमती, १ छोरा र १ छोरी छन्। उनि नेपाली कांग्रेसमा रहेर विभिन्न चरणका आन्दोलनहरुमा सहभागिता जनाएका थिए।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर