९ चैत्र,बीरगंज| आज शनिवार विहान ८:००बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं १६ वीरगंज भन्सारकाे मूल गेट देखि लिएर रजतजयन्ती चौक सम्म ग्रीनसिटी सामुदायिक प्रहरी तथा ग्रीनसिटी सेवा केन्द्र आदर्श नागर बीरगंज द्वारा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
वीरगंज महानगरपालिकाकाे कार्यालय वीरगंज पर्सा, राष्ट्रपतिचुरे तराइ मधेश संरंक्षक विकाश समिति भारतपुर चितवन तथा ग्रीनसिटी सामुदायिकप्रहरीसेवाकेन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगंज पर्साकाे संयुक्त आयोजनामा महानगरपालिकालाई स्वचक्ष तथा हराभरा वनाउने उदेश्यले बिभिन्न जात जातिका बिरुवाहरू रोपने कार्यक्रम भएको छ| जसमा विभिन किसिमका बिरुवाहरू ११० थान रोपण गरीएका छन् |

सो कार्यक्रम प्रमुख अथिति वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह ज्यू तथा यस सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान ज्यूको अध्यक्षतामा नागरीक समाज, समाज सेवी, बुद्धिजीवी, जनप्रतिनिधी, सरकारी गैर सरकारी संघसंस्थाका पदाधिकारी,संचारकर्मी,सुरक्षा निकायका पदाधिकारी तथा यस सेवा केन्द्रका पदाधिकारी ज्यूहरु लगायत अन्दाजी २५० जनाको उपस्थितीमा रहेको थियो |उक्त कार्यक्रम अन्दाजी ९:४५ बजेको समयमा सु सम्पन्न भएको थियो। 
त्यस्तै उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,प्रहरी उपरीक्षक गौतम मिश्र,सशस्त्र प्रहरी उपरीक्षकराधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक किशोर लम्साल,सशस्त्र प्रहरी नायव उपरीक्षक लाेकेन्द्र सुब्बा,प्रहरी निरीक्षक लोकराज,प्रहरी निरीक्षक निरोज चौलागाईं,वीरगंज भन्सार प्रमुख प्रशासक दिपक लामिछाने, प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठक,वीरगंज भन्सार कार्यालय पर्साका सुनिता पौडेल,प्रमिला ढकाल,प्रमुख प्रशासकीय अधिकृत |
वीरगंज महानगरपालिकाका पर्साका अरविन्द लाल कर्ण,वीरगंज महानगरपालिका सरसफाई प्रमुख अधिकृत पर्साका सर्फुदिन मियाँसंचार कर्मीसुष्मिता यादव,संतोष रंजितकार प्रहरी चौकी इनर्वा वीरगंज पर्साका प्र.ब.ना नि.योगेन्द्र थापा,स. प्र.ना. नि.सहदेव सापकाेटा,स. प्र. स. नि. प्रेम बहादुर परियार|

ग्रीन सिटी वीरगंजका उपाध्यक्ष संजय शर्मा,ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंज पर्साका राकेश अग्रवाल,सुशील कादमियाँ ज्यू,चन्द्र अग्रवाल,कैलास बजाज,रतन टेमानी,त्रिलोक चन्द दारूका,संजय अग्रवाल,मुकेश खेतान,वसन्त प्रसाद उपाध्याय,प्रहरी वरिष्ठ हवल्दार प्रेम राम,प्रहरी सहायक हवल्दार अजिता घिमीरे,प्रहरी जवान अमर सिंह साउद ज्युहरुको उपस्थिति रहेका थे |


