Lucky-Khabar_

किसानले लगाएको बाली रौतहटमा असिना पानीले नष्ट, राहतको माग

९चैत्,रौतहट |किसानले लगाएको बाली रौतहटमा असिना पानीले नष्ट भएकोले किसानहरू राहतको माग गरेको छ |जिल्लाको उतारी भेगमा शुक्रबार मध्यराति आएको भीषण हावाहुरीसहितको असिना पानीले किसानहरूको बालीमा ठूलो क्षति पुर्‍याएको छ। चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडामा गहुँ, मकै तथा तरकारीबाली नष्ट भएका छन्।

content ad p2

वृन्दावन–१ का किसान रामलोचन राउतको एक विघा १० कठ्ठा मकै पूर्ण रूपमा नष्ट भएको छ भने चन्द्रपुर–१० का किसान अवधलाल राउतले लगाएका काँक्रो, साग, करेला, प्याज, खुर्सानी तथा डेढ विघाको मकैबाली नष्ट भएको छ। वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलका अनुसार बलेरी क्षेत्रका ५ सय विघा मकै असिनाले नष्ट गरेको छ।

कृषि ज्ञान केन्द्रले क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ। यसैबीच रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले किसानहरूको दुःखद अवस्था र आर्थिक संकटलाई मध्यनजर गर्दै सरकारसँग राहत र क्षतिपूर्ति उपलब्ध गराउनका लागि जोडदार माग गरेका छन्।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर