Lucky-Khabar_

बरिष्ठ उपाध्यक्ष रहेको हरि गौतम वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध चयन

१० चैत,वीरगञ्ज ।बरिष्ठ उपाध्यक्ष रहेको हरि गौतम वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध चयनभएको छ । आईबार सम्पन्न पदाधिकारीको निर्वाचनमा गौतम नेतृत्व सर्वसम्मत चयन भएको हो ।

content ad p2

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिबजी प्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुंगटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सह–कोषाध्यक्षमा निरज अग्रवाल, सहसचिवमा नरेश टिवडेवाल निर्विरोध चयन भएको छ ।


एउटा सहसचिवमा अनुप अग्रवाल र प्रभात रुंगटा गरी दुईजनाको उम्मेदवारी परेपछि मतदानबाट टुंगो लगाईएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले बताए । उनका अनुसार सहसचिवमा अनुप अग्रवाल १९ मत ल्याई ३ मतले विजयी भएका छन् भने रुंगटाले १६ मत ल्याएका थिए ।

आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपले निर्वाचित गराउने सम्पूर्ण पदाधिकारी तथा कार्यसमितीलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो नेतृत्वकालमा सबैलाई मिलाएर जाने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष गौतमले ब्यक्त गरे । उनले उद्योगी व्यावसायीहरुको हक हितका मुद्दा आफूले खरो ढंगले उठाउने र समाधानका लागि दबाव सृजना गर्ने बताए ।

संघको विद्यान अनुसार १२ जना पदाधिकारी रहने व्यवस्था रहेको । निवर्तमान अध्यक्ष स्वतः पदाधिकारीमा आउने पनि विद्यानमा व्यवस्था छ । त्यस्तै तृतीय उपाध्यक्ष अर्थात रोजगारदाता समितिको संयोजकको मनोनयन नयाँ कार्यसमितिको पहिलो बैठकले गर्ने व्यवस्था रहेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा सहमतिमै चयन गर्ने अभ्यास हुदै आएको छ । केही पदमा सहमति हुन नसकेमा मतदानबाट टुंगो लगाउदै आएको छ ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर