Lucky-Khabar_

धोबिनी गाउँपालिका वडा नं. १ र २ को जसपा,नेपाल वडा अधिवेशन सम्पन्न

१० चैत,वीरगञ्ज ।आइतबार जनता समाजवादी पार्टी (जसपा),नेपाल धोबिनी गाउँपालिका वडा नं. १ र २ को वडा अधिवेशन सम्पन्न भएको छ ।

content ad p2

धोबिनी गाउँपालिका अध्यक्ष देबेन्द्र प्रसाद कुर्मीको अध्यक्षतामा बसेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी रणनीति र कार्यक्रमबारे छलफल गरेको छ ।

अधिवेशनमा मधेश प्रदेश कार्यकारिणी सदस्य मा.सिंगासन साह कलवार र जसपा नेपाल, पर्सा क्षेत्र नं. ४(२) का क्षेत्रीय अध्यक्ष रामपुकार यादवको उपस्थिति रहेको थियो ।

अधिवेशनको सफलताको लागि सबैलाई धन्यवाद दिँदै पार्टीलाई बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने अध्यक्ष कुर्मीले बताए । विशेष अतिथिहरूले पनि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई मार्गदर्शन गर्दै आगामी दिनमा पार्टीलाई अझ सशक्त बनाउन सुझाव दिएका थिए ।

सम्बन्धित खबर

आँधी कहाँसम्म आइपुग्यो, तुफान कति टाढा छ?’ भन्दै प्रचण्डमाथि ज्ञानेन्द्र शाहीको व्यङ्ग्य

लक्की खबर

राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव शमानी रास्वपामा प्रवेश

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर