१२चैत्र,काठमाडौं| काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारीलाई सरकारले नै बचाएको आरोप लगाउँदै आफूले उठाएका विषय वस्तु गलत भए जेल हाल्न चुनौती दिएका हुन्।


मेयर बालेनले काठमाडौं महानगरपालिका वडा नम्बर २८ स्थित काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सामाजिक सञ्जालमा सार्वजनिक गर्दैकानुन मिच्ने भ्रष्टाचारीहरूलाई बचाउन सरकार नै लागिपरेको दावी गरेका छन्। ‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने?,’उनले लेखेका छन्। माथिको कुरा गलत भए मलाइ जेल हाल ।’
सोमबार मात्रै काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीहरूले ३ महिनादेखि तलब नपाएको भन्दै मेयर बालेनले तत्काल उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका थिए। एक हप्ताभित्र तलब उपलब्ध नगराए सबैलाई टुकुचामा गाडिदिने उनले चुनौती समेत दिएका छन्।

‘ काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन। सरकारको दम्भले! कोले के के आन्दोलन गर्ने हो,मलाई थाह छैन ,अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो ?उनले सामाजिक सञ्जालमा लेखेका छन् |


