१२चैत्र,काठमाडौं| प्रहरीले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरूलाई नियन्त्रणमा लिएको छ।


नेकपा बहुमतका युवाहरूलेकुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने भन्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए।
निषेध क्षेत्रमा प्रदर्शन भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रदर्शनकारीहरूले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सरकारविरोधी नारा लगाएका थिए।


