Lucky-Khabar_

नेकपा एमाले उपमहासचिव ज्ञवालीले वीरगञ्ज महानगरको दोस्रो अधिवेशनको उद्घाटन गर्ने

१९ चैत,वीरगञ्ज ।वीरगञ्ज महानगरको नेकपा एमाले दोस्रो अधिवेशनको उद्घाटन पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी चैत्र २९ गते गर्ने भएका छन्।

content ad p2

काठमाडौंमा मंगलबार भएको भेटमा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष एवं वीरगञ्ज महानगर ईन्चार्ज बिचारी यादव सहितको टोलीले प्रदिप ज्ञवालीलाई प्रमुख अतिथिको निमन्त्रणासमेत प्रदान गरेको छ। कार्यक्रम वीरगञ्जको क्लासिक पार्टी प्यालेशमा बिहान ११ बजे हुने अधिवेशनको बिशिष्ट अतिथिका रूपमा स्थायी कमिटी सदस्य र मधेश प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठलाई निमन्त्रणा दिइएको जानकारी दिइएको छ।

अधिवेशनलाई भव्य र सफल बनाउन महानगर कमिटी र महानगर ईन्चार्ज यादवको टोली सक्रिय रुपमा काममा जुटेको छ। टोलीमा मधेश प्रदेशका सदस्य रामबाबु सिंह र एमालेका युवा नेता एवं लेखा समिती पर्साका संयोजक शिवजी गुप्ता लगायतका नेताहरूको सहभागिता रहेको छ।

महानगरको ३२ वटै वडाबाट प्रतिनिधि छनौट गर्न चैत्र २३ गते भेला आयोजना गरि प्रतिनिधिहरूको छनौट गर्ने जिम्मेवारी दिइएको छ। यस अनुसार, वडाहरूले तयारी पनि शुरू गरिसकेको महानगर ईन्चार्ज यादवले जानकारी दिए।

यादवले अधिवेशनको सफलताका लागि पदाधिकारीहरूले विभिन्न उपसमितीमार्फत जिम्मेवारी तोकेर कार्य अघि बढाएको बताएका छन्।

सम्बन्धित खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर