Lucky-Khabar_

सशस्त्र प्रहरीद्वारा पर्सामा १० लाखभन्दा बढीको अवैध कपडा र मकै बरामद

१९ चैत,वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरी ल्याइएका १० लाख ५३ हजार ९ सय रुपैयाँ बराबरको कपडा र मकै नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा उक्त सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

content ad p2

सीमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज–पोखरिया सडकखण्डस्थित अलौमा मयुरी रिक्सा प्रयोग गरी भारतबाट भन्सार छली ल्याइएको ३ लाख ८७ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको हो।

त्यस्तै  बिन्दबासिनी गाउँपालिका–४ स्थित सतुमाई मन्दिर नजिकबाट भारततर्फ लगिँदै गरेको ६ लाख ६६ हजार ९ सय रुपैयाँ बराबरको मकै पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याइने अवैध सामान नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडा बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर

देशकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर