Lucky-Khabar_

बिरगंजमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साले ६८औँ सहकारी दिवस मनायो

२०चैत,वीरगञ्ज । आज ६८औँ सहकारी दिवसको अवसरमा बिरगंजमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साले ६८औँ सहकारी दिवस मनाएको छ |
सो सहकारी संघले बीरगंजको घन्टाघरमा भेला जम्मा भई नगर परिक्रमा गरेका छन् |कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साका जिल्ला अध्यक्ष हरेराम पटेल तथा केन्द्रिय सदस्य शम्भु गुप्ता लगायत सम्पूर्ण सहकारी संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो |

त्यस्तै उक्त कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सहकारी भावनालाई समाजमा फैलाउने उद्देश्यले आयोजित यो कार्यक्रम गरिएको केन्दीय सदस्य शम्भु गुप्ताले बताए ।यो कार्यक्रम सहकारी क्षेत्रको महत्त्वलाई उजागर गर्नुका साथै समुदायमा एकता र सहयोगको भावना जागृत गर्ने अपेक्षा गरिएको जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साका जिल्ला अध्यक्ष पटेलले बताएको छ ।

content ad p2

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर