३ बैसाख, काठमाडौं | प्रहरीले काठमाडौंको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ का २२ वर्षीय राहुल बुढालाई पक्राउ इसेवाबाट १ करोड बढी रकम चोरी गर्ने युवक गरेको हो।

एस.एम.एस.मार्फत फिसिङ लिंक विभिन्न व्यक्तिहरूलाई पठाई खाता ‘सस्पेन्ड’ हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिंक खोल्न लगाई इसेवामा अनाधिकृत पहुँच पुर्याई ४ हजारभन्दा बढी व्यक्तिहरूको रकम चोरी गरेको प्रहरीले जानकारी दिएको छ।

बुढाले पशुपति ग्लोबल इनोभेसनको खाताहरूमा १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।



