६ बैशाख, काठमाडौँ । एक युवतीमाथि रूपन्देहीको बुटवलमा गोली प्रहार भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान साढे ९ बजेतिर एक युवतीमाथि गोली प्रहार भएकोजनाएको छ। उनको परिचय नखुलेको र ढाडमा गोली लागेको प्रहरीले जानकारी दिएको छ।


गम्भीर अवस्थामा रहेकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

गोली हान्ने ब्यक्ति मोटरसाइकल चढेर आएको प्रहरीले जनाएको छ। घटनाबारे छानवीन तथाअनुसन्धान भइरहेको बताइएको छ।


