Lucky-Khabar_

डुवानबाट बचाउन प्रमुख सिंहको पूर्व तयारी, वीरगंजको मुख्य नाला सफाईमा तिब्रता, अब वीरगञ्ज डुब्दैन

राम आर्य

content ad p2

६ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वर्षाको समय नजिकिएको र बजार डुबान हुनबाट बचाउन मुख्य नाला सफाई अनिवार्य रहेकाले हुलाक कार्यालयदेखि भन्सार क्षेत्रसम्मको मुख्य नाला सफाई धमाधम भइरहेको हो ।

महानगर प्रमुख राजेशमान सिंहले छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाइको कम सकेर अहिले दक्षिणतर्फ भन्सारसम्म सफाईको काम चलिरहेको छ । वर्षाको समयमा डुबानको समस्या हुन नदिन अहिलेबाटै तयारी स्वरुप मुख्य नाला सफाई गरिएको बताए ।

मुख्य नाला सफाई सँगसँगै सहायक नाला सफाई समेत भइरहेको पनि उनले भने ।महानगरका तीनवटा स्काभेटर र थप अर्को चेन स्काभेटरको माध्यमबाट नाला सफाईको काम तिब्र पारिएको पनि उनले बताए ।

स्काभेटरले सफाई गर्न सक्ने ठाउँमा स्काभेटर र स्काभेटरले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिरहेको उनको भनाई छ । नाला सफाई कार्यको अवलोकन गर्नुहुँदै महानगर प्रमुख सिंहले नाला सफाईको काम सकिएपछि अब वीरगंज नडुब्ने बताए ।

‘नालाको आधा भन्दा बढी भाग माटोले पुरिँदा पानी सहज रुपमा बग्न सकेको थिएन,’ महानगर प्रमुख सिंहले भन्नुभयो, ‘सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई भए मात्रै वीरगंज डुबानबाट बँच्ने भएकाले यसको सफाई प्रमुख प्राथमिकतामा राखेर गरिरहेका हौं ।’ विगतदेखि नै सफाई गरिएकाले गएको दुई वर्षदेखि वीरगंज डुबान मुक्त पारिएको बताउँदै उनले अहिले पनि मुख्य नालाको सुरुदेखि अन्तिम बिन्दुसम्मै सफाईको काम चलिरहेको बताए ।

महानगर प्रमुख सिंहले नालामा जथाभावी फोहर नफाल्न पनि नगरबासीलाई आग्रह गर्नु भएको छ । ‘सरसफाईमा नागरिक सहभागिता जरुरी छ, महानगरपालिकाले एक्लै गरेर मात्र हुँदैन,’ उहाँले भन्नुभयो,‘नागरिक सहभागिता जरुरी छ, नागरिकमा चेतना र जागरण आवश्यक छ, हामीले जनचेतना फैलाउने काम पनि गर्छौैं, पटक–पटक अटेर गरिए कारबाही पनि गर्छौं ।’

मुख्य नाला सफाई गर्न अहिले ४ वटा स्काभेटर र २५ जना सफाईकर्मी दैनिक रुपमा खटिरहेको महानगरपालिकाका हरियाली तथा सरसफाई संयोजक जयप्रकाश खेतानले जानकारी दिए |मुख्य नालाको निरन्त सफाईले विगत २ वर्षदेखि वीरगंज बजार क्षेत्र डुबान मुक्त बनेको छ ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर