Lucky-Khabar_

मधेसका केही नेता काँग्रेस र एमालेमा दास बनेर बसेका उपेन्द्र यादवको भनाई

८ बैसाख| वीरगञ्ज ।मधेसका केही नेताहरू नै मधेसको मुक्ति र प्रगतिको प्रमुख बाधक बनेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन् ।
उनले मधेसलाई राज्यसत्ताले आन्तरिक उपनिवेशको रूपमा राखेको र यहाँका केही नेताहरूले त्यसलाई साथ दिएको सिराहाको गोलबजारमा सोमबारदेखि सुरु भएको पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बताए ।

यादवले“मधेसमा आन्तरिक उपनिवेश कायम छ । तर, उत्पीडन गर्नेहरूको गुलामीमा यहाँका केही नेताहरू रमाइरहेका छन्” भने । उनले सरकारले भूमि अध्यादेशमार्फत मधेस र मधेसीको अस्तित्वमाथि नै प्रहार गर्न खोजेको दाबी गरे । यस्तो षड्यन्त्रविरुद्ध काँग्रेस र एमालेमा रहेका मधेसी नेताहरूले आवाज नउठाई दासको भूमिका निर्वाह गरेको उनको आरोप छ । “मैले ती नेताहरू बोल्छन् भन्ने ठानेको थिएँ, तर उनीहरू त्यहाँ गुलाम बनेर बसेका छन्,” उनले थपे ।

यादवले मधेसमा राज्यको ज्यादतीविरुद्ध सबै नेताहरू एकजुट हुनुपर्नेमा जोड दिए । तर, व्यक्तिगत स्वार्थ र लाभका लागि केही नेताहरू ठूला दलहरूमा गुलामी गर्न तयार भएको उनको कटाक्ष थियो ।
त्यसतै जसपाका प्रथम उपाध्यक्ष राज किशोर यादवले मुलुकमा लोकतन्त्रको नाममा ‘दल तन्त्र’ र दल तन्त्रको नाममा ‘गिरोह तन्त्र’ चलिरहेको बताए । उनले जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई केही दलहरूले कमजोर बनाउन खोजेको आरोप लगाए । “हामीले ल्याएको व्यवस्थालाई बलियो बनाउनुको साटो, केही दलहरू यसलाई धराशायी बनाउन लागिपरेका छन्,” उनले भने ।

content ad p2

मधेसको मुक्ति र अधिकारका लागि एकताबद्ध सङ्घर्षको आवश्यकता रहेको भन्दै नेताहरूले कार्यकर्तालाई सङ्गठित र सक्रिय हुन आह्वान गरे ।

सम्बन्धित खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर