Lucky-Khabar_

एमाले धनुषाको निर्वाचनस्थलमा झडप, पाँचजना घाइते

२३बैसाख,जनकपुर ।धनुषाको नेकपा एमालेको अधिवेशन स्थलमा आज मध्यान्ह दुइ पक्षबीच झडप भएको छ ।

content ad p2

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले निर्वाचन समितिले धाँधली गर्‍यो भन्दै विहानदेखि एमाले धनुषामा विवाद चर्किएको छ । उक्त विवादले तनाव बढेपछि झडप भएको बताए ।

प्रहरीले जनाए अनुसार झडपमा २ नेतासहित ५ जना घाइते भएको धनुषा छ । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेको प्रहरीले जनाएको छ ।

झडपको क्रममा दुवै जनाको टाउको फुटेको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भएको झडपमा कुर्सी हानाहानसमेत भएको थियो । त्यसको केहीबेरमा पुनः विवाद हुँदा २ जना घाइते भएको प्रहरीले जनाइएको छ ।

गत २० वैशाखदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो ।

एमालेका केन्द्रिय नेता रघुविर महासेठको प्रभावमा निर्वाचन समितिले गतिविधि गर्न थालेपछि विवाद चर्किएको एमाले जिल्ला अध्यक्ष राजकिशोर बताउँछन् । आफै गएर फर्जी काम गराउन थालेपछि विवाद भएको उनको भनाइ छ ।

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

देवानगञ्ज गोलीकाण्डको घटनामा परि उपचाररत अर्का युवकको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

लक्की खबर

उपचारमा लापरबाहीको आरोपपछि न्यायको माग गर्दै बहुअरी चोकमा धर्ना:नारायणी अस्पताल प्रकरण

लक्की खबर