२३बैसाख्,बारा|कलैयाको मोतिबागमा यहि आउदो जेठ १ गते देखि अब सुबिधा सम्पन्न अस्पताल सुरु हुने भएको छ |

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा न.-१ मोतिबाग टोलमा मां मायादेवी मेमोरियल अस्पताल जेठ १ गते देखि पूर्णरुपले बिरामीको सुबिधा सम्पन्न सहित सुचारु हुने भएको छ |

यो असपतालमा सबै किसिमको बिरामीहरुको छिटो,छरितो र सुलभ तरिकाले उपचार हुने भएको छ| कुनै पनि ईमरजेन्सी बिरामीको लागि २४ घण्टा अस्पताल डाक्टर सहित खुला रहनेछ भनि अस्पतालका प्रबन्धक डा.डिएसपी सुरेन्द्र प्र.साहले जानकारी दिनु भएको छ |

उक्त अस्पतालमा प्रत्येक बिरामीको अलग अलग डाक्टरद्वारा चेकजाँच तथा रेखदेख गरिने छ |डा.साहका अनुसार यो अस्पताल ब्यपारिक नभई सेवा मुलक हिसाबले पनि सूचारु हुनेछ जानकारी गराईएको छ |यहा गरिब र असहाय बिरामीको लागि विषेस ध्यान दिने भनि गरिने छ |



