२३ बैशाख,झापा। झापामा लागुऔषध कारोबारमाथि कारबाहीको सिलसिलामा प्रहरीले गोली चलाएको छ।

प्रहरीले कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङ्गा-झापा सडकखण्डमा सोमबार बिहान २ राउन्ड गोली चलाएको हो।
बिआर३७९१९८ नम्बरको मोटरसाइकलमा सवार कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।
मोटरसाइकलबाट प्रहरीले २०० ग्राम ब्राउनसुगर बरामद गरेको छ।‘मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भागेपछि गोली चलाइएको हो, ती कारोबार मोटरसाइकल छोडेर भागि अहिले फरार छन्,’ उनले भने, ‘लागुऔषध र मोटरसाइकल बाटोमै छोडेर भागेका छन्। उनको खोजी भइरहेको छ।’
कारोबारी भागेपछि थ्री नट थ्री राइफलबाट प्रहरीले २ राउन्ड गोली चलाएको थियो।


