Lucky-Khabar_

ग्रीन सिटी सामुदायिक तथा सामुदायिक प्रहरी सेवा केन्द्र बिरगंजको सँयुक्त आयोजनामा बृहत वृक्षा रोपण

३१बैसाख,बिरगंज |आज बुधवार बिहान ग्रीन सिटी सामुदायिक तथा सामुदायिक प्रहरी सेवा केन्द्र बिरगंजको सँयुक्त आयोजनामा आदर्श नगर रंगसालामा बृहत वृक्षा रोपण कार्य भएको छ |

ग्रीन सिटी सामुदायिक तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंज पर्साको सँयुक्त आयोजनामा सफा हरित र वैभव वीरगंज महा – अभियानअन्तर्गत ‘ जहाँ खाली त्यहाँ हरियाली ” मूल नाराका साथ जिल्ला पर्सा वीरगंज महानगरपालिकावडा नं १० आदर्श रंगसालमा बृहतवृक्षा रोपण कार्यक्रम भएको छ |
उक्त कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख राजेशमान सिंह तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको छ|

content ad p2

त्यस्तै वीरगंज महानगरपालिकाका बिभिन्न शाखाका कर्मचारी,नागरिक समाज, समाजसेवी, सुरक्षा निकायका कर्मचारी, वीरगंज महानगरपालिका नगर प्रहरी, संचार कर्मीहरुको बिशेष उपस्थितमा बिभिन्न किसिमका बिरुवाहरू थान १५० (एक सय पचास) रोपण गरी उक्त कार्यक्रम सम्पन भएको थियो।

कार्यक्रममा वीरगंज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्ण,वीरगंज महानगरपालिका सरसफाई अधिकृत सर्फुदिन मियाँ,वीरगंज महानगरपालिका वातावरण शाखा कार्यालय पर्साका प्रकाश ऐर,वीरगंज महानगरपालिका वातावरण शाखाका आमोडिन हवारी, समाज सेवी भोला कलवार,बसन्त प्रसाद उपाध्यायको बिशेष उपस्थिति रहेको थिए |

वीरगंज महानगरपालिका पर्साका नगर प्रहरी प्रमुख हरिभुसाल, प्रहरी चौकी आदर्श नगर पर्साका प्रहरी नायव निरीक्षक प्रदिप कुमार गोले, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रआदर्श नगर वीरगंज पर्साका उपाध्यक्ष संजय शर्मा, ग्रीनसिटी सामुदायिकसेवा केन्द्र आदर्श नगर वीरगंज पर्साका सदस्य रतन टेमानि, नियमित खबरका संचार कर्मी सुष्मिता यादव,अजित भूजेल,ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगंज पर्साका प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, प्रहरी जवान अमरसिंह साउदहरुको जन सहभागिता रहेका थिए |

सम्बन्धित खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर

नदी किनारमा विदारक दृश्य: त्रिशूली र नारायणीमा बगेर आएका शव सङ्कलन र पहिचान कार्य निरन्तर

लक्की खबर

युवा उमेर होइन, परिवर्तनको सोच र राष्ट्र निर्माणको शक्ति : प्रकाश उपाध्याय

लक्की खबर