Lucky-Khabar_

उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान ।

लालबाबु सिंह

content ad p2

१० जेष्ठ वीरगन्ज । उपकार सेवा नेपालले राउन्ड टेबल नेपाल र श्री बलिरामपुर युवा क्लबको सहयोगमा वीरगन्जको राणिसती मन्दिर धर्मशालामा शनिबार रक्तदान कार्यक्रम सुसम्पन्न गरेको छ ।रक्तदान कार्यक्रममा २ महिला सहित २९ जनाले रक्तदान गर्नु भएको छ । रक्तदान गर्ने हरुमा मुस्कान माहेश्वरी ,कामना पौडेल,आयुश गुप्ता,रोजन सिलवाल,रमेश साबु,दिपेन्द्र कुमार महरा ,बिक्रम राम,अमन तामकाल,नितिन अग्रवाल ,देव कुमार महरा,राहुल महतो,मुरारी राम,अमित कुमार केवट ,अबिनाश गुप्ता,श्याम नारायण साह,उदय साह,हरि ओम चौहान लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका हुन ।उपकार सेवा नेपालका अध्यक्ष बिध्या देवि सरावगी ,राउन्ड टेबल नेपाल ३ का अध्यक्ष आयुश गुप्ता र श्री बलिरामपुर युवा क्लबका अध्यक्ष शिवम गुप्ताको संयुक्त अध्यक्षता एवं वीरगन्ज महानगरका संस्थापक मेयर विजय सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी सरावगिले प्रथम रक्तदाता आयुश गुप्तालाइ ब्लड संकलन ब्याग हस्तान्तरण गरि कार्यक्रमको समुदघाटन गरेका थिए ।सो कार्यक्रममा बिशिस्ट अतिथी नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेल,मन्त्री बिनोद गिरि ,समाजिक अभियन्ताहरु प्रकाश थारु , राजेन्द्र भट्टराई,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,सौरभ पोद्धार ,आयुश अग्रवाल लगायतको सहभागिता रहेको थियो ।सो अवसरमा प्रमुख अतिथी सरावगीले रक्तदान नै एउटा यस्तो कार्य हो जसमा कुनै जात धर्म धनी गरिब उच निच केही पनि नहेरी मानवता हेर्ने भएकोले र यसले जीवन बचाउने भएकोले जिवनदान भन्ने गरिन्छ, हामी सबैले नियमित रुपमा रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पूर्ण रक्तदाताहरु प्रती आभार जताउदै शुभकामना दिएका थिए ।सो अवसरमा उपकार सेवा नेपालका अध्यक्ष विध्या देवि सरावगीले रक्तदान नै जिवनदान भएकोले र अहिलेको समयमा वीरगन्ज आसपासको क्षेत्रमा रगतको अभाव भैरहेकोले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी गराउदै सम्पुर्णलाई आआफ्नो क्षेत्रमा रक्तदान गरि मानवता बलियो बनाउन आग्रह गर्दै सम्पुर्ण रक्तदाता ,सहयोगी हातहरु प्रती आभार जताउनु भयो ।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक सौरभ राज पाण्डेको नेतृत्वमा रामबिनय यादव ,आलोक यादव,मनिश गुप्ता,विवेक यादव लागायतको स्वयंसेवक टोलिले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाइ सघाएका थिए ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर