Lucky-Khabar_

नेपालमा ल्यायो अग्नि ग्रुपले श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमता भएको महिन्द्रा बोलेरो पिक-अप

लालबाबु सिंह,राम आर्य
११ जेष्ठ वीरगन्ज – नेपालको व्यावसायिक सवारी साधन बजारमा आफ्नो सशक्त उपस्थितिलाई अझ सुदृढ बनाउँदै महिन्द्राको युटिलिटि गाडीहरूको आधिकारिक वितरक, अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक-अप फ्ल्याटबेड 1.7T सार्वजनिक गरेको छ ।
वीरगन्ज- १४ प्रतिमाचोक स्थित अग्नि ग्रुपको महिन्द्र शोरुममा आइतबार विशेष समारोह बिच प्रमुख अतिथी उधोग वाणिज्य संघ वीरगन्जका अध्यक्ष हरि गौतमले महिन्द्र बोलेरो पिक-अप 1.7 T को समुदघाटन गरि सार्वजनिक गरेका छन । सो अवसरमा सो गाडी खरिद गरेका ग्राहकहरुलाइ गाइको साचो हस्तान्तरण पनि गरेका कार्यक्रममा वीरगन्ज शाखाका एसिस्टेन्ट जनरल म्यानेजर लक्ष्मण राय ,प्रशासन प्रमुख रबिन्द्र श्रेष्ठ लगायत उधोगी ,यातायात व्यवसायीहरु , सन्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा सहजीकरण पत्रकार राजेन्द्र सिंहले गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथी गौतमले महिन्द्रा कम्पनीको बोलेरो पिक-अप गाडी अत्यन्तै बलियो एवं भरपर्दो गाडीको रुपमा लोकप्रिय रहेर सेवा प्रदान गरिरहेकोमा १.७ टनको नया गाडिले अझ बढी शक्तिशाली सहज सरल कम लागतमा सेवा दियेर नेपाली यातायात व्यवसायीहरुको मन जितन सफल हुनेछ साथै यस्को खरिदमा सजिलो किस्ताबन्दिको सुबिधाले अधिकतम नेपालीहरुले फायदा उठाउनेमा खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना प्रदान गरेका थिए ।
सो अवसरमा असिस्टेन्ट जेनरल म्यानेजर रायले यो गाडी काठमाडौँ (गैरीधारा), पोखरा, विरगञ्ज, चितवन, र विराटनगरको महिन्द्रा सोरुमहरूमा २०८२ जेठ ११ गते आइतबार, औपचारिक सार्वजनिकिकरण समारोह मार्फत एकैसाथ नयाँ पिक-अप सार्वजनिक गरिएको बताउदै नेपालको व्यावसायिक सवारीको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धीको रूपमा महिन्द्रा बोलेरो 1.7T ले उत्कृष्ट ड्युरेबिलिटि (टिकाउपन) र पर्फमेन्सको लागि नेपाललगायत विश्वबजारमा परिचित रहेको बोलेरो ब्रान्डको विरासतलाई निरन्तरता दिएको छ । नयाँ 1.7T भेरियन्ट ६३ बिएचपिको पावर र १९५ न्युटन मिटरको टर्क दिने २.५ लिटरको ‘एमटु-डिआइ-सिआर’ डिजेल इन्जिन रहेको नयाँ महिन्द्रा बोलेरो पिक-अप 1.7T, उत्कृष्ट पर्फमेन्स र युटिलिटिका लागि विभिन्न विशेषताहरूले भरिपूर्ण रहेको र यसमा ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्जिल, र ९ पाता भएको स्प्रिङ सस्पेन्सनले गर्दा यसले भारी लोडमा पनि अटल पर्फमेन्स सुनिश्चित गर्दछ । साथै श्रेणीमा उत्कृष्ट माइलेजले गर्दा उत्कृष्ट पर्फमेन्ससँगै राम्रो इन्धन-कुशलता (फ्युल-इफिसियन्सि) पनि सुनिश्चित गर्दछ । यसका साथै इन्टेरियरमा आराम र सहजताको लागि फराकिलो को-ड्राइभर सिट, ड्राइभरको लागि रिक्लाइनर सिट र हेडरेस्ट आदि विशेषताहरू समावेश रहेको बताएका छन् ।

सो अवसरमा प्रशासन प्रमुख श्रेष्ठले महिन्द्रा बोलेरो पिक-अप 1.7T, नेपाली ग्राहकहरूका लागि रू. २५,६५,००० (१५ लाख ६५ हजार) को विशेष लन्च मूल्यमा उपलब्ध रहेको छ । अग्नि ग्रुपले ग्राहकहरूको लागि नयाँ पिक-अप खरिद गर्न अझ सजिलो बनाउँदै अग्नि ग्रुप अन्तर्गतकै कम्पनि अग्नि हायर पर्चेजमार्फत सहज वित्तीय सुविधाहरू उपलब्ध गराएको छ । यसअन्तर्गत ७०% सम्म फाइनान्सिङ (सर्तहरू लागू), १ दिनमै छिटो कर्जा निर्णय, ९.९९% को प्रतिस्पर्धात्मक ब्याजदर (२०८२ असार महिनाको अन्त्यअघि खरिद वा बुकिङ गर्नेहरूको लागि), शून्य प्रोसेसिङ शुल्क तथा सहज कागजात प्रक्रिया आदिको लाभ लिई सजिलै पिक-अप खरिद गर्न सकिनेछ । वित्तीय सुविधामा स्वरोजगार (सेल्फ-इम्प्लोयड) नेपालीहरूलाई विशेष प्राथमिकता दिइनेछ । त्यसैगरी, अग्नि ग्रुप अन्तर्गतको कम्पनि अग्नि आस्था प्रालिमार्फत ग्राहकले उत्कृष्ट मूल्याङ्कनसहित र झञ्झटमुक्त प्रक्रियामा आफ्नो पुरानो गाडीसँग नयाँ महिन्द्रा बोलेरो पिक-अप 1.7T एक्सचेन्ज गर्न सकिने जानकारी दिएका छन ।

content ad p2

सम्बन्धित खबर

सुनको मूल्यमा २८ सय रुपैयाँको गिरावट, प्रतितोला २ लाख ८५ हजार २ सय

लक्की खबर

एक वर्षका लागि १५ अर्बको ऋणपत्र नेपाल राष्ट्र बैंकले जारी गर्दै

लक्की खबर

पेट्रोलियम पदार्थको मूल्य घटयो, ग्यास र हवाई इन्धन पनि सस्तो

लक्की खबर