Lucky-Khabar_

महालक्ष्मी विकास बैंक द्वारा वार्षिकोत्सबको अवसरमा महिनाव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउदै

लालबाबु सिंह
११ जेष्ठ वीरगन्ज । महालक्ष्मी विकास बैंकले जेष्ठ ७ गते परेको ३१ औ वार्षिकोत्सबको अवसरमा जेष्ठ ४ गते देखि १० गते सम्म महिनाव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाएको छ ।

content ad p2

उक्त कार्यक्रममा ३१ औ वार्षिकोत्सब अवसरमा महिला उधमिहरुलाइ देशैभरिका शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमको आयोजना गरि ३१ महिला उधमिहरुलाइ सम्मान गरेको केन्द्रिय कार्यालय द्वारा आइतबार जारी गरिएको प्रेस बिज्ञापतिमा जनाइएको छ ।वित्तीय पहुच,आर्थिक विकास,सामाजिक प्रगती तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्देश्य सहित उक्त सम्मान गरिएको र यस कार्यबाट उधमशिलता लाई समेत प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिएको हो ।
साथै बैंकले जेष्ठ ६ गते देश भरिका १० वटा शाखा कार्यालय र केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजनागरी ३२० पिन्ट रगत संकलन गर्न सफल भएको थियो । स्वास्थय क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत ब्यवस्थापनमा सहजता पुगोस भन्ने उद्देश्यले बैकले वार्षिकोत्सबको अवसरमा सो रक्तदान कार्यक्रमलाई प्राथमिकता राखेर आयोजना गरिएको जानकारी दिए ।
साथै बैंकले जेष्ठ ७ गते बुधबार केन्द्रिय कार्यालय,प्रादेशिक, शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सान्स्कृतिक अवस्था उजागर गर्न कर्मचारिहरुलाइ स्थानिय भेषभुषा सहितको पहिरनमा उपस्थित भइ सम्बन्धित भेषभुषाको प्रहसन गरिएको थियो ।यसका साथै बैंकको केन्द्रिय कार्यालयमा निशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत संचालन गरिएको थियो भने केन्द्रिय ,प्रादेशिक,शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थियो । उक्त प्रभातफेरीमा बैंकिङ्ग सेवाहरु जस्तै मोबाइल बैंकिङ्ग,स्मार्ट क्युआर,निक्षेप, कर्जा विप्रेसन आदि संग सम्बन्धित सन्देशमुलक प्लेकार्डहरु प्रयोग गरिएको थियो ।
वार्षिकोत्सबको महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको र विगत ३ वर्ष देखि सफलतापुर्बक संचालन गरिएको महालक्ष्मी कर्पोरेट क्रीकेट प्रतियोगिता को ४ थो संस्करण ( महालक्ष्मी कर्पोरेट क्रीकेट लिग- 2025 शृङ्खला -४ ) मा २४ टिमको सहभागितामा बैंकले जेष्ठ २१,२२,२३ र २४ गते काठमाडौंमा आयोजना गर्ने जानकारी दिदै अहिले सम्म बैंकको सेवाको साथै वार्षिकोत्सबको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरुमा साथ सहयोग गरि सफल बनाइ बैंकलाई थप हौसला प्रदान गर्नुहुने सम्पुर्ण आदरणीय ग्राहक, शुभेच्छुक ,सन्चारकर्मिहरु प्रती आभार प्रकट गरिएको सो बिज्ञपतिमार्फत आभार प्रकट गरिएको र आउने समयमा बैंक संगको सम्बन्ध थप सशक्त हुनेमा आशावादी रहेको जनाइएको छ ।

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर